☰ open Loading... 19 April 2024|  

मिस वर्ल्ड २०१९ बनिन् जमैकाकी सुन्दरी
  | २९ मंसिर २०७६, आईतवार १२:३५

लण्डन । बेलायतमा सम्पन्न भएको मिस वर्ल्डको विजेता जमैकाकी २३ वर्षीया सुन्दरी टोनी आना सिह बनेकी छन् । उनलाई पहिलाकी मिस वर्ल्ड मेक्सिकोकी भानेस्सा पोन्सले क्राउन लगाइदिएकी थिइन् । यसैगरी फस्ट रनर अपमा फ्रान्सकी सुन्दरी ओफले मेजिनो र सेकेन्ड रनर अपमा भारतकी सुन्दरी सुमन राव बनेका छन् ।
यसअघि विविध विधामा  टप ४० मा पर्न सफल उनी अन्ततः मल्टिमिडिया अवार्ड विजेता बनी टप १२ मा पर्न सफल भएकी हुन् ।

६९ औं मिस वर्ल्ड २०१९ लन्डनको एक्सेल हलमा आयोजना गरिएको थियो ।  कार्यक्रममा १ सय भन्दा बढी  मुलुकका सुन्दरीहरूले प्रतिस्पर्धा गरेका थिए । मिस वर्ल्ड २०१९को सुरुवात नोभेम्बर २० बाट भएको थियो  । (एजेन्सी)