☰ open Loading... 19 April 2024|  

थारु भाषाको हेल्का बुरैली सार्वजनिक
  | २९ मंसिर २०७६, आईतवार १६:३२

बिभिन्न बिधाका गीत होस वा बिभिन्न भाषीका गीतहरु जुनसुकै क्षेत्रमा बस्ने नेपाली होस । पछिल्लो समय सबै खाले गीतहरु बजारमा आएका छन र मनपनि पराइएका छन ।

र सबैको चाँसो राम्रो र उत्कृष्ट गीतहरुमा जान थालेको छ । साथै राम्रो चर्चा बटुल्न पनि सफल भएका छन् ।
त्यसै क्रममा नेपाली भाषीका बिभिन्न बिधाका गीतहरुमा निर्देशन गरीसकेका नवराज शुबेदीको निर्देशनमा थारु भाषाको हेल्का बुरैली भन्ने बोलको गीत आर के सी यु ट्युब च्यानलबाट सार्बजनिक भएको छ ।

उक्त गीतमा शब्द संगित र आवाज सि एल शर्माको रहेको छ । गीतको छायाकंन तथा सम्पादन आर के सी डिजीटलका निर्देशक रामु चौधरीको रहेको छ भने अभिनय नरेश थारु देबदास र नबिना चौधरीको रहेको छ । बर्दियाको पर्यटकिय स्थल बढैयातालमा छायाकँन गरिएको यो गीत अरुभन्दा निकै आशालाग्दो भएको र सम्पुर्ण नेपालीहरुले मनपराई दिने र माया गरिदिने कुरामा बिस्वस्थ रहेको गीतका निर्देशक नवराज शुबेदीले बताएका छन । र सबैले यो गीतलाई माया गरिदिनहुन पनि समस्त टीमले आग्रह गरेको छ ।