☰ open Loading... 20 April 2024|  

होटल महासंघ कर्णाली संयोजकमा शाही
  | ५ पुष २०७६, शनिबार २१:५९

सुर्खेत । नेपाल होटल व्यवसायी महासंघको कर्णाली प्रदेश संयोजकमा तर्कबहादुर शाही सर्वसम्मत चयन भएका छन् । महासंघको राष्ट्रिय तेस्रो महाधिवेशनले शाहीको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मानबहादुर ओली (सल्यान), उपाध्यक्ष अर्जुन हिराचन (डोल्पा), महिला उपाध्यक्ष रेवती रावल (जुम्ला), महासचिव कृष्णबहादुर शाही (कालिकोट), सचिव जनक सिंह ठकुरी (सुर्खेत) र कोषाध्यक्षमा मणिराम शर्मा (दैलेख) छन् ।

यस्तै सदस्यहरुमा जयबहादुर थापा (सुर्खेत), जमुना शाही (कालिकोट), रत्नबहादुर चन्द (दैलेख) र सुजन राना (सल्यान) छन् ।