☰ open Loading... 16 April 2024|  

कर्णालीमै पहिलाे पटक भेरीगंगामा प्रविधिमैत्री कक्षा शुरु
  | ८ पुष २०७६, मंगलवार १९:२९

सुर्खेत । कर्णालीमा पहिलो पटक भेरीगंगा नगरपालिकामा प्रविधिमैत्री कक्षा (भर्चुअल सिकाई) शुरु गरिएको छ । नगरपालिका पाँच माध्यमिक विद्यालयमा इन्टरनेटको माध्यमबाट कक्षा सञ्चालन गर्ने उदेश्यले प्रविधिमैत्री कक्षाको शुरुवात गरिएको हो ।


पाँच विद्यालयका कक्षा १० मा अध्ययनरत सात सय विद्यार्थीलाई एउटै शिक्षकले अध्यापन गराने प्रविधिको भेरीगंगा नगरपालिका प्रमुख भुपेन्द्रबहादुर चन्दले उद्घाटन गरेका छन् ।

भर्चुअल सिकाई शारदा मावि छिन्चु, शिखर मावि रामघाट, प्रभात मावि थानीचौर, जनज्योति मावि झिङ्नी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा लोदेमा लागु गरिएको छ ।

नगरपालिकामा जडान गरिएको कन्ट्रोल रुमबाट शिक्षकले पाँच विद्यालयका विद्यार्थीहरुलाई एकपटक पढाउन सक्नेछन् । नगरपालिकामा उपस्थित हुन नसक्ने शिक्षकले जुनसुकै विद्यालयमा पुगेर पनि एकपटक पढाउन सक्ने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले बताउँछन् ।

नगरपालिकाका प्रमुख चन्दले भर्चुअल सिकाईको कार्यान्वयनमा सबैको प्रभावकारी भूमिका हुनु पर्नेमा जोड दिए । नगर क्षेत्रका विद्यार्थीहरुको सिकाइलाई अब्बल बनाउन कार्यक्रम लागु गरिएकोले यसलाई सफल बनाउन प्रधानाध्यापकलाई चन्दले आग्रह गरे ।

भर्चुअल सिकाइमार्फत मुख्यमगरी, गणित, अंग्रेजी र विज्ञान विषय पढाइ हुनेछ । विद्यालयको गुणस्तर सुधार गर्न, शिक्षण व्यवस्थापन सहयोग गर्न र कक्षाकोठामा आधुनिक प्रविधि भित्र्याउने गरी यो विधिको शुरुवात गरिएको शर्मा बताउँछन् ।

‘असअघि शिक्षकले कक्षा कोठामा जे पढायो विद्यार्थीले त्यही मात्रै सिक्थे’ शर्माले भने, ‘शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपथ्र्यो, अब इन्टरनेटको विस्तारसंगै भर्चुअल कक्षाबाट धेरै ज्ञान विद्यार्थीहरुले सिक्न पाउनेछन् ।’

माविस्तरका शिक्षकको व्यवस्था हुन नसकेका विद्यालयमा भर्चुअल कक्षा उपयोगी बन्ने र शिक्षक बिदामा बसेका बेला पनि विद्यार्थी त्यत्तिकै बस्न नपर्ने भएकाले यस्तो सिकाइ उपयोगी हुने शर्मा बताउँछन् । नगरपालिकाले भर्चुअल कक्षाका लागि १६ लाख ५० हजार बजेट विनियोजन गरेको थियो ।