☰ open Loading... 25 April 2024|  

सुर्खेतमा वर्षकै कम तापक्रम मापन
  | ८ पुष २०७६, मंगलवार २०:३८

सुर्खेत । कर्णाली प्रदेशको राजधानीको वीरेन्द्रनगरमा यो वर्षकै कम तापक्रम रेकर्ड भएको छ । मंगलबार विहान ८ः४५ बजे ४.३ डिग्री तापक्रम जल तथा मौसम फिल्ड कार्यालय एयरपोर्टले रकेर्ड गरेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

उनकाअनुसार ०६९ साल पुस २९ गते माइनस ०.७ डिग्री तापक्रम रेकर्ड भएको थियो । जुम्लाको तापक्रम माइनस ५.७ डिग्री छ । सोमबारदेखी सुर्खेतको तापक्रम निरन्तर घट्दोक्रममा रहेकाले नागरिकलाई सजकता अपनाउन पराजुलीले आग्रह गरे । उनले चिसोबाट बच्ने उपायहरु समेत अपनाउन नागरिकलाई अपिल गरेका छन् ।