☰ open Loading... 19 April 2024|  

सांसदले हानिन् मन्त्रीको गालामा थप्पड !
  | १७ पुष २०७६, बिहीबार ०९:३२

जनकपुर । प्रदेश २ सरकारका कृषि राज्यमन्त्री योगेन्द्र यादवले थप्पड पाएका छन् । उनले सांसदको हातको कुटाइ खाएका छन्।

प्रदेश २ की प्रदेशसभा सदस्य प्रमिलादेवी दासले मंगलबार दिउँसो यादवलाई थप्पड हानेकी प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य प्रमिला देवी दासले राज्यमन्त्री यादवलाई प्रदेशसभा भवन बाहिर थप्पड हानेकी हुन् ।

मंगलबार नेकपा र नेपाली कांग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए। त्यसै क्रममा यादव र दासबीच भनाभन भएको थियो । लगत्तै प्रमिलाले मन्त्री यादवको गालामा थप्पड हानेकी हुन्।

प्रदेशसभाको बैठक मंगलबार लगातार दोस्रो दिन पनि अवरुद्ध भउको छ । प्रतिपक्षी नेकपा र कांग्रेसका सांसदले दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्व गरेका हुन् ।

गत आर्थिक बर्षमा सञ्चालन गरिएका योजनाको भुक्तानी नदिएको भन्दै प्रतिपक्ष दलले संसद बैठक अवरुद्व गर्दै आएका छन् ।

नागरिकखबरबाट