☰ open Loading... 29 March 2024|  

वीरेन्द्रनगरमा ४२ मिलिमिटर वर्षा, गुराँसेमा हिमपात
  | १८ पुष २०७६, शुक्रबार १५:११

सुर्खेत । पश्चिमी वायुका कारण बिहीबार साँझदेखी सुर्खेतमा वर्षा र कर्णालीका उच्च हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा ४२.१ मिलिमिटर वर्षा भएको छ ।


कर्णालीका जुम्ला र हुम्लामा हिमापत भइरहेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले जानकारी दिए । उनकाअनुसार सुर्खेत–दैलेखको सिमाना गुराँसेमा समेत हिउँ परेको छ ।

हिमापत र वर्षा जारी रहेकाले चिसो अझै बढ्न सक्ने भएकाले नागरिकलाई सजकता अपनाउन पराजुलीले आग्रह गरे । सुर्खेतमा न्युनतम तापक्रम ८.७ डिग्री छ ।

वायुमण्डलका माथिल्लो भेग हुँदै तीब्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको कार्यालयको भनाई छ ।

जेटस्ट्रिम र भारतको उत्तरपश्चिमी भेग हुँदै भित्रिएको पश्चिमी वायुको दोहोरो असरले अधिकांश भेगको तापक्रम घटेको छ । भारतीय भूमिबाट चीनको तिब्बततर्फ बहने तीब्र गतिको युरोपेली वायु नेपालकै भू–भाग भएर बहँदा त्यसको प्रत्यक्ष अप्रत्यक्ष असरले अहिले चिसो बढाएको कार्यालयले जनाएको छ ।