☰ open Loading... 13 August 2020|   बिहिबार, साउन २९, २०७७

कोइला बालेर सुतेका एककाे मृत्यु एक अाइसियुमा

  |

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाको नयाँबस्तीमा आइतवार राति घरभित्र निसासिएर १ महिलाको ज्यान गएको छ भने उनका पतिलाई कोहलपुर मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

राति कोठामा कोइला बालेर सुतेका हरिबहादुर कामी, उनकी पत्नी चन्दा कामी, उनकी छोरी एउटै कोठामा सुतेका थिए । ‘आइतवार राति उहाँहरू खाना खाएर कोठाभित्र सुत्नु भएको थियो,’ मृतकका नातेदार लालबहादुर सार्कीले भने, ‘उनकी पत्नी चन्द्राको मृत्यु भइसकेको छ भने उनका पति हरिलाई कोहलपुर मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले चन्द्राको मृत्यु भएको बताए । ‘अन्यको उपचार भइरहेको छ । मृतक चन्दाकी छोरीको कालागाउँस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रकाशित मितिः सोमवार, पुस २१, २०७६     5:37:53 PM
error: Content is protected !!