☰ open Loading... 13 August 2020|   बिहिबार, साउन २९, २०७७

तरुण अध्यक्ष विष्टद्वारा धुर्मुस–सुन्तली फाउण्डेशनलार्इ ५१ हजार सहयाेग

  |

सुर्खेत । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनको अवसरमा १ लाखभन्दा बढी रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

कलाकार, खेलाडी तथा व्यवसायीको पहिचान बनाइसकेका विष्टले जन्मदिनमा केक काट्नुको साटो विकास निर्माणमा सहयोग गर्न १ लाख २ हजार २ सय २२ रुपैयाँ खातामा जम्मा गरेका हुन् ।

‘जन्मदिनको दिन भव्य पार्टी दिनुभन्दा विकास निर्माणमा नागरिकको हैसियतले सानो सहयोग गरेको हुँ,’ उनले भने, ‘होटलमा गरिने खर्चभन्दा यो बढी प्रभावकारी हुन्छ भन्ने मलाई लागेको छ ।’

देशमा विदेशी संस्कृति भित्रिएको भन्दै उनले विदेशीभन्दा आफ्नै मौलिक संस्कृति अनुसार अघि बढ्नुपर्ने बताए । ‘अहिले हामी विदेशी संस्कार अनुसार जन्मदिनमा केक काट्छौं, भोज खुवाउँछौं,’ उनले भने, ‘अब हामीले मौलिक संस्कृतिको जगेर्ना गर्नु आवश्यक छ । मैले त्यही प्रयत्न स्वरुप जन्मदिनको अवसरमा यो काम गरेको हुँ ।’

उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘मलाई आजकै दिन यो धर्तीमा पाइला टेकाउने मेरा भगवान रूपी आमा सेतु बिष्ट र बुवा धनबहादुर बिष्टको पाउमा शिर टेकाउँदै धुर्मुस–सुन्तलीद्वारा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५१ हजार १ सय ११ रूपैयाँ र सुर्खेत उद्योग वाणिज्य संघको व्यावसायिक राहत अक्षय कोषलाई ५१ हजार १ सय ११ रूपैयाँ एकमुष्ट प्रदान गर्न चाहन्छु ।’

प्रकाशित मितिः मङ्लबार, पुस २२, २०७६     3:26:33 PM
error: Content is protected !!