☰ open Loading... 29 March 2024|  

गुराँसेमा दोस्रो पटक हिमपात, साँझदेखी वर्षा कम हुने प्रक्षेपण
  | २४ पुष २०७६, बिहीबार ०९:५३

सुशील खड्का
सुर्खेत ।
 दैलेखको गुराँसेमा दोस्रो पटक हिमपात भएको छ । बुधबार रातीदेखी नै गुराँसेमा झण्डै एकफिटसम्म हिउँ परेको हो । गतसाता बिहीवार गुराँसे आसपासमा मात्रै हिउँ परेपनि यो पटक रानाताङ्गला बजारसम्म हिउँ परेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण रुपमा बदली रहेकाे पराजुलीले बताए । कर्णालीका अधिकाँश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमालका अधिकांश भू-भागमा हिमपात भइरहेको छ ।

वर्षात र हिमपातका कारण कर्णालीमा चिसो बढेको छ । चिसोबाट जोगिने उपाय अपनाउनुका साथै यात्रा गर्दा सावधानी अपनाउनुहुन माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । पश्चिम नेपालमा साँझदेखी विस्तारै माैसममा सुधारहुँदै जाने पनि महाशाखाले जनाएकाे छ ।