☰ open Loading... 10 August 2020|   सोमवार, साउन २६, २०७७

जाजरकाेट जाँदै गरेकाे फाेर्स गाडी सल्यानमा दुर्घटना

  |

सुशील खड्का
सुर्खेत । सुर्खेतबाट जाजरकाेट जाँदै गरेकाे फाेर्स गाडी सल्यानमा दुर्घटना भएकाे छ । छिन्चु जाजरकाेट सडक खण्डकाे बनगाड कुपिण्डे नगरपालिकाकाे बालुवा संग्रही नजिकै बिहीवार विहान भे १ ख २५७३ नम्बरको गाडी दुर्घटना भएकाे हाे ।

दुर्घटनामा १७ जना यात्रु जना घाइते भएका छन् ।  घाइते मध्य पाँच जनाकाे अवस्था गम्भीर रहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएका छ । बाँकी यात्रुकाे अवस्था भने सामान्य छ ।

गम्भीर घाइते हुनेमा सुर्खेत भेरीगंगा नगरपालिका छिन्चुु घर भएका चालक प्रकाश शर्मा, सशस्त्र प्रहरीवल सल्यानमा कार्यरत हाेम पंगाली, भेरीगंगा नगरपालिकाका शान्तकुमार तिरुवा लगायत छन् ।

घाइतेहरुलार्इ उद्धार गरेर प्रहरी थप उपचारकाे लागि मेहलकुना अस्पताल र नेपालगन्ज पठाएको छ । तिव्र गतिका कारण भएको दुर्घटना भएकाे प्रहरीकाे अनुमान छ । गाडी सडकबाट १ सय ५० मिटर तल खसेकाे छ ।

प्रकाशित मितिः बिहिबार, पुस २४, २०७६     11:04:07 AM
error: Content is protected !!