☰ open Loading... 10 August 2020|   सोमवार, साउन २६, २०७७

गुराँसेमा हिउँ परेपछि सवारी अवरुद्ध

  |

सुशील खड्का
सुर्खेत । दैलेखको गुराँसे आसपासमा हिउँ परेपछि सवारी आवतजावत ठप्प भएको छ । सुर्खेत–दैलेख सडक खण्डको गुराँसे बजारदेखी दक्षिणतर्फ हिउँका कारण सवारी आवागमन ठप्प भएको हो ।

याे पनि पढ्नुहाेस् : गुराँसेमा दोस्रो पटक हिमपात, साँझदेखी वर्षा कम हुने प्रक्षेपण

गुराँसेस्थित प्रहरी चौकीदेखि टावरसम्म बाटो अबरुद्ध भएकाे सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकाेटाले जानकारी दिए ।
दैलेख प्रहरीले गुराँसेमा बिहीबार विहान हिउँ परिरहेकाे बेला दैलेख बजार, कालिकाेटबाट सुर्खेत अाउने तथा सुर्खेतबाट दैलेख तथा कालिकाेटतर्फ जाने सवारीलाइ भने कपासेबाट कर्णाली राजमार्गबाट पठाएकाे थियाे । हिउँ पर्न राेकिए लगत्तै प्रहरीले पुन:सुर्खेत अाउने सवारीलाइ गुराँसे हुँदै पठाएकाे थियाे ।

प्रकाशित मितिः बिहिबार, पुस २४, २०७६     4:06:36 PM
error: Content is protected !!