☰ open Loading... 19 April 2024|  

देउसी भैलोबाट उठेकाे रकम विद्यालयलार्इ सहयाेग
  | २७ पुष २०७६, आईतवार १६:१२

सुर्खेत ।  देउसी भैलो खेलेर संकलन भएको रकम विकास प्रेमी युवा समुहले विद्यालयलाइ कम्प्युटर तथा प्रीन्टर सहयोग गरेकाे छ । बर्दियाको ठाकुरबाबा नगरपालिका-५ ढुग्रंहवामा रहेको बाल ज्योति प्राथमिक विद्यालयलाई समुहले कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गरेकाे हाे ।

विकास प्रेमी युवा समुहकाे सहयाेग तथा कम्प्युटर एसोसिएसन महासंघ बर्दियाको बिशेष सहयोग र हिमाली अर्डर एण्ड सप्लायर्स काे सहकार्यमा विद्यालयलाइ कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गरिएको समुहका प्रचार विभाग प्रमुख शंकर गौतमले जानकारी दिए ।

देश र समाज रुपान्तरणका लागि युवा भन्ने मुल नारालाई मध्यनजर गर्दै देउसी भैलो खेलेर संकलन भएको रकमलाई वनभोजमा खर्च नगरी सामाजिक कार्य गर्ने हेतुले विद्यालयलाइ सहयाेग गरिएकाे गाैतमकाे भनाइ छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा बाल ज्योति प्राथमिक विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष पल्टुराम थारु, ठाकुरबाबा नगरपालिका ५ नम्बर वडाध्यक्ष गंगाराम जैसि, बिकास प्रेमी युवा समुह बर्दियाका अध्यक्ष गोपाल निरौला र पदम बहादुर थापाकाे सहभागिता थियाे ।