☰ open Loading... 26 January 2020|   सोमवार, माघ १३, २०७६

सुर्खेतको कालिमाटीमा थारु रौनकता (फोटो कथा)

  |

सुशील खड्का
सुर्खेत । माघी थारु समुदायको ठूलो पर्व हो । थारु समुदायले माघीको दिन नयाँ वर्षका रुपमा धुमधामले मनाउँछन् । माघीको दिन उनीहरुले स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् ।

सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।

सुर्खेतमा बसोबास गर्दै आएका थारु समुदायले पनि यो पर्व मनाउने मनाउने गरेका छन् । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने चलन रहेको थारु कल्याणकारिणी सभा सुर्खेतका अध्यक्ष बेचुलाल चौधरीले जानकारी दिए ।

आफूभन्दा ठूलासँग आशिर्वाद लिई सानालाई आशिर्वाद दिइने तथा बहिनी र छोरीलाई विशेष दान दिने चलन रहेको चौधरी बताउँछन् । माघी पर्वको अवसरमा वीरेन्द्रनगर–९ कालिमाटीमा थारु संस्कृतीलाई जीवन्त राख्न माघी विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

सुर्खेत उपत्यकाको लौवास्ता, कुन्टी, नयाँगाउँ लगायतका स्थानमा थारु समुदायको बसोबास छ । सुर्खेतमा झण्डै आठ हजार जनसंख्या रहेको थारु कल्याणकारिणी सभाले जनाएको छ । उपत्यकाका थारु समुदायको कला संस्कृतीको जगेर्ना गर्न लाटीकोेइलीमा थारु संग्राहालय समेत निर्माण भइरहेको छ ।

प्रकाशित मितिः बुधबार, माघ १, २०७६     2:45:36 PM
error: Content is protected !!