☰ open Loading... 18 April 2024|  

फुटबल खेलाडीहरुलार्इ उप–मेयर ढकालद्वारा विदाई
  | ९ माघ २०७६, बिहीबार १६:४१

सुशील खड्का
सुर्खेत । रौतहटमा हुन लागेको उप–मेयर कप राष्ट्रिय महिला लिग प्रतियोगितामा सहभागी सुर्खेतका खेलाडीहरुको विदाई गरिएको छ । शुक्रबारदेखी रौतहटको चन्द्रपुरमा सञ्चालन हुन लागेको प्रतियोगितामा सुर्खेतका १८ जना खेलाडीहरुलाई बिहीबार विदाई गरिएको हो ।

सहभागी महिला फुटबल टिमलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको शुभकामनासहित वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले खेलाडीहरुलाई विदाइ गरेकी छन् ।

प्रतियोगितामा हारजित जे भएपनि कर्णालीका खेलाडीहरु अनुशासित र शाहसी हुन्छन् भन्ने सन्देश दिन ढकालले आग्रह गरिन् । नगरपालिकाले खेलाडीहरुलाई दुई लाख नगद सहयोग समेत गरेको जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए ।

नगरपालिकाले खेलाडीहरुको हौसलाका लागि आगामी दिनमा थप सहयोग प्रतिवद्धता उप–मेयर ढकालले गर्नुभएको हमालको भनाई छ । प्रतियोगितमा महिला फुटबल टिम रौतहटका लागि बिहीबार प्रस्थान गरेको हो ।

खेलाडीसंगै प्रशिक्षक दिलिप बस्याल नेपाली र व्यवस्थापक जिल्ला फुटबल संघका सदस्य जानकारी तारुङ सहभागी छन् । शेरबहादुर दर्लामी स्मृति हातेमालो खेल मैदान चन्द्रपुरमा शनिवार हुने पहिलो खेलमा सुर्खेतले विराटनगरसंग खेल्नेछ । प्रतियोगितमा देशभरका ८ नगरपालिकाले सहभागी जनाएका छन् ।