☰ open Loading... 29 March 2024|  

राष्ट्रिय सभा निर्वाचन ः कर्णालीमा नेकपा उम्मेदवार शर्मा र विसी विजयी
  | ९ माघ २०७६, बिहीबार १७:४२

सुर्खेत । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कर्णालीबाट नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार मायाप्रसाद शर्मा र सुमित्रा विसी विजयी भएका हुन् । शर्माले तीनहजार ६१८ र विसीले तीनहजार ६८४ मत प्राप्त गरे ।

विजयी शर्मा जाजरकोट र विसी सुर्खेतका हुन् । प्रतिद्वन्दी नेपाली काँग्रेसका डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले समान एकहजार २६ मत प्राप्त गरे । दुइ मत भने बदर भएकाे निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद अाचार्यले जानकारी दिए ।

कर्णालीमा प्रदेश सभाका ४० सांसद र ७९ पालिकाका प्रमुख/उप–प्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १५८ गरी १९८ जना मतदाता रहेको कर्णालीमा १९५ मत खसेको थियो । तीन मत भने खसेकाे थिएन् ।