☰ open Loading... 19 April 2024|  

अाठ लाख घुससहित जुनीचाँदे गाउँपालिकामा अध्यक्ष प्रकाउ
  | १० माघ २०७६, शुक्रबार १७:४९

सुशील खड्का
सुर्खेत । जाजरकोटमा जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र शिक्षक चन्द्रबहादुर बस्नेत आठ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार अध्यक्ष केसी वीरेन्द्रनगर–४ कटकुवा नजिकबाट घुस रकमसहित पक्राउ परेका हुन् ।

अख्तियारका अनुसार बस्नेत पनि अध्यक्ष केसीसँग घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । सडक निर्माणको काम सम्पन्न पश्चात विल भुक्तानीबाट अध्यक्ष केसीले घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले पक्राउ गरेको सूचना अधिकारी सापकपोटाले जानकारी दिए । पक्राउ परेका बस्नेत जुनीचाँदे ११ मा रहेको जनता आधारभूत विद्यालयका शिक्षक समेत हुन् ।