☰ open Loading... 5 June 2020|   शनिबार, जेष्ठ २४, २०७७

सेनाले प्रदर्शन गरेकाे कर्णालीकाे कला संस्कृति झल्कने झाँकी (फाेटाे कथा)

  |

एेतिहासिक जीर्ण धार्मिक स्थलको पुनर्निर्माण अब सेनाले गर्छ ः प्रधानसेनापति

सुशील खड्का
सुर्खेत । ऐतिहासिक धार्मिक स्थलको पुनर्निणमा नेपाली सेना परिचालन गर्ने प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले बताएका छन् । ऐतिहासिक धार्मिक स्थलको पुनर्निर्माण तथा युद्ध संग्राहलय निर्माणको काम शुरु भइसकेको प्रधानसेनापति थापाले बताएका हुन् ।

भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्न सुर्खेत आएका थापाले सरकारले अघि सारेको भम्रण वर्षलाई थप प्रभावकारी बनाउन सेनाले पुनर्निमाणको काम थाल्न लागेको जानकारी दिए ।

‘केही जिल्लामा पुनर्निर्माणको र संग्रालय निर्माणको काम शुरु भइसकेको छ’ प्रधानसेनापति थापाले भने, ‘सात प्रदेश र ७७ जिल्लामै रहेका धार्मिक तथा सांस्कृतिक स्थलको सम्वद्र्धन र संरक्षणका लागि सेनाको योगदान रहनेछ ।’

प्रधानसेनापति थापाले अवकास प्राप्त सैनिकहरुको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ ध्यान केन्द्रित रहेको उल्लेख गरे । सैनिक कल्याणकारी कोषलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित पारदर्शी बनाइने प्रतिवद्धता थापाको थियो ।

एक करोडबाट शुरु भएको सैनिक कल्याणकारी कोषमा हालसम्म ४४ अर्ब बजेट रहेको सेनाले जनाएको छ । कोषले २१ करोड ७४ लाख कर्जा सिफारिस गरिएको प्रधानसेनापतिले थापाले जानकारी दिए ।

कोषको २० प्रतिशत कर्जा भूतपूर्व र बहालवाला सेनाहरुलाई सहुलियत दरमा उपलव्ध गराउँदै आएको छ । व्यवसायको प्रकृतिका हेरेर एक लाखदेखी सात लाखसम्म कर्जा दिँदै उपलव्ध गराउँदै आएको प्रधानसेनापति थापाले बताए ।

‘व्यवासयमा जोडिएका सेनाहरुले उत्पादन गरेका वस्तुहरुको बजारिकरण गर्न हेडक्वार्टरले अध्ययन गरिरहेको छ’ थापाले भने, ‘सेवानिवृत्त भएपछि आर्थिक आयआर्जनबाट परिवारलाई टेवा पु¥याउन स्वरोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।’

प्रधानसेतापति थापाले महिला उद्यमशिलता कर्जा कार्यक्रमको घोषणा गरेका छन् । बहालवाला र भूतपूर्व सैनिक, तिनका परिवार, एकल महिलाको आर्थिक अवस्था उकास्न पाँच वर्षको भुक्तानी अवधिमा १५ लाखसम्म ऋण उपलव्ध गराइने थापाले बताए ।

सम्मेलनमा सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, मुगु, कालिकोट र डोल्पाका भूतपूर्व सैनिकहरुको सहभागिता छ । सम्मेलनमा प्रधानसेनापतिले नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीहरुलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण समेत गरेका थिए ।

यसैगरी, चारभन्दा बढी सन्ततीहरुलार्इ नेपाली सेनामा प्रवेश गराउन प्रेरित गर्ने अभिभावकहरु क्रमश दैलेख निवासी ६४ बर्षीया तेज बहादुर रावल, सुर्खेत निवासी ८४ बर्षीया अनुरुपा बुढा, ६८ बर्षीया खड्क बहादुर वली र ७८ बर्षीया कमला देवी सिजापतिलार्इ सम्मान गरिएको थियो ।

कार्यक्रमका दौरान कर्णाली प्रदेशको प्रतिनिधित्व हुने गरि विभिन्न जिल्लाहरुका झाँकी प्रदर्शनी गरिएको थियो । सम्मेलनमा कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, जुम्ला, मुगु र डोल्पाका भूतपूर्व सैनिक, आश्रित परिवार तथा एकल महिलाहरु लगायत एकहजार चारसय ९१ जनाको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः सोमवार, माघ १३, २०७६     7:45:31 PM
error: Content is protected !!