☰ open Loading... 7 April 2020|   मङ्लबार, चैत्र २५, २०७६

सुर्खेतमा टिप्पर अातंक : टिप्परले किच्दा एककाे मृत्यु

  |

सुशील खड्का
सुर्खेत । वीरेन्द्रनगरमा टिप्परले किच्दा एक जनाकाे मृत्युु भएको छ । कालिकोट महावै गाउँपालिका-३ सिमखेत घर भएका २० वर्षीया केशव सिंहकाे टिप्परले किच्दा मृत्युु भएको हाे ।

वीरेन्द्रनगर-३ गाैतम चाैकमा भे १ ख २२४२ नम्बरको टिप्परले भे ६ प २१७८ नम्बरको माेटरसाईकललाई ठक्कर दिएकाे थियाे । टिप्परले सिंहलाई किचेर अन्दाजी २० मिटर सम्म घिसारेकाे प्रत्यक्षदर्शीले बताएका छन् । सिंहका अाफन्तले अहिले यरिचाैक र गाैतम चाैकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएकाे जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, माघ १४, २०७६     10:11:12 AM
error: Content is protected !!