☰ open Loading... 20 April 2024|  

केशरले किनेका ति कपडा अनि किताव….
  | १५ माघ २०७६, बुधबार ०८:०२

सुशील खड्का
सुर्खेत । मंगलबार विहानै केशर सिंह आफ्नो बज्यैलाई कालिकोट पठाउन मसुरीखेत अंकलको घर गए । कालिकोट जाने बसमा पठाउनु पर्ने भएकाले विहानै उनी मसुरी खेतमा रहेको अंकल कृष्ण सिंहको घर पुगेका थिए ।

याे पनि पढ्नुहाेस् : सुर्खेतमा टिप्पर अातंक : टिप्परले किच्दा एककाे मृत्यु

कालिकोट महावै–३ सिम्खेतमा बस्दै आएका तीन भाइका लागि नयाँ कपडा, किताव किनेर र अन्य सामान बज्यैसंग पठाउनु थियो । केही सामान बज्यैसंग पठाएपनि माेटरसाइकलमै राखेकाे किताव र कपडा बसपार्क गएर दिने तयारीमा थिए । उनले बज्यैलाई अटोमा चढाएर अाफू फोरलेन सडकमा निस्किए ।

उनीसंग मोटरसाईकल भएकाले बज्यैलाई अटोमा चढाए । मुख्य राजमार्गमा निस्किएपछि फूपु प्रमिता सिंह प्रतिक्षामा थिइन । कोरियन भाषा सिक्दै गरेकी उनी भतिजसंगै दिदीलाई बसपार्कबाट गाडीमा चढाएर ट्युसन सेन्टरमा पुग्न केशरलाई कुरिरहेकी थिइन् ।

उनी उभिएको ठाउँदेखी अघि उनकी फूपु सवार अटो रोकियो । लगत्तै भतिज केशर चढेको मोटरसाइकल साइड लगाउन खोज्दै थिए । त्यत्तिकी बेला मात्तिएर आएर टिप्परले ठक्कर दियो ।

केशर बिच सडकतिर हुत्यिए, तिव्र गतिमा हुईकीएको टिप्परको पछाडीको चक्काले झण्डै २० मिटर घिसार्दै लग्यो । केशरको मृत्यु आँखा अगाडी नै देखिएकी फूपु प्रमिता भावविहिल भइन् । उनको एउटै स्वर थियो, ‘ज्यानमारा टिप्परलाई आगो लगाऊ, आगो लगाऊ, हत्यारालाई कारवाही गर ।

भाईलाई भन्थे, ‘म जागिर खाए तिमीहरुलाई ठूलो मान्छे बनाउँछु’
विपन्न परिवारमा हुर्किएका केशर घरका जेठा छोरा थिए । उनीपछि तीन भाई छन् । बुवाले आफूलाई पढाउन गरेको संघर्ष देखेर उनी भाइहरुलाई भनेको शव्द उनका साथी हिक्मत सिंहले सुनाए, ‘म जागिर खाए भने मेरो जस्तो दुःख गर्न पर्दैन्, राम्रो स्कुलमा पढाएर तिमीहरुलाई ठूलो मान्छे बनाउँछु भन्थ्यो उ कहिल्यै नफर्कने गरी सदाका लागि विदा भयो ।’

उनका बुवा गाउँमा रहेको बारीबाट उब्जिने अन्नले गर्जो टार्ने नसक्ने भएपछि व्यापारको सिलसिलामा ईलाम र भारतको दार्जिलिङ्ग पुग्ने गरेका छन् ।

छोराको दुर्घटना भएको बेला उनी इलाम रहेको केशरका साथी हिक्मतले बताए । खाँडाचक्र नगरपालिकामा रहेको कालिमा माविमा प्लस टू पढेका उनी भारती सेनाको तयारीमा लागेका थिए । भए भारती सेना नभए कोरिया जान वीरेन्द्रनगरमा अध्ययन गरिरहेका थिए ।