☰ open Loading... 25 April 2024|  

महोत्सव हेर्न, लोहोरे किनारमा ५ हजार बढी दर्शकले भरिए
  | १६ माघ २०७६, बिहीबार २१:१८

दैलेख । दैलेखको डुंगेश्वरस्थित लोहोरे खोला किनारमा जारी डुङ्गेश्वर पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ को दोस्रो दिन ५ हजारभन्दा बढी दर्शकको सहभागी रहेको थियो ।

बजारमा मेला पनि लाग्ने भएकाले दर्शकको उपस्थिति बढेको महोत्सव आयोजकले जनाएको छ । महोत्सवमा कृष्ण झजन, हुड्के नाच र देउडा गित तथा नाच देखाईएको थियो ।

‘स्थानिय कला संस्कृतिको संरक्षण गरौँ, डुङ्गेश्वर पर्यटन महोत्सव सफल पारौँ’ भन्ने मुल नाराका साथ गाउँपालिकाको आर्थिक सहयोगमा ३ दिनसम्म १५ गतेदेखी १७ गतेसम्म डुंगेश्वर बजारमा महोत्सव चलेको हो ।

स्थानीय कला संरक्षण तथा बाहिर ल्याउन नसकिएका कलाकारहरुलाई महोत्सव मार्फत चिनाउन ठुलो सहयोग भएको महोत्सव संयोजक बमबहादुर विसीले बताए ।

दोस्रो दिन आज बिहिबार बहुचर्चित लोक दोहोरी गायिका राधिका हमाल र चर्चित दैलेखी हास्य कलाकार तिर्थ भण्डारी लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहेको थियो ।