☰ open Loading... 25 April 2024|  

परियोजना प्रभाविकारिताबारे अनुगमन
  | १३ माघ २०७६, सोमबार २०:५७

सुर्खेत । ग्लोबल एक्सन नेपालद्वारा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी’ परियोजना प्रभाविकारिताबारे अनुगमन गरिएको छ । गत आईतबार परियोजनाका सुर्खेत जिल्ला संयोजक खगेश्वरी बोहराको नेतृत्वको टोलीले जिल्लाको लेकवेशी गनरपालिकाभित्र परियोजना लागु विद्यालयमा पुगेर अनुगमन गरेको हो ।


नगरपालिकाभित्र परियोजना लागु भएका विद्यालयमध्य वडा नम्बर ४ मा रहेका जनक माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयमा पुगेर अनुगनमन गरिएको हो । अनुगमनमा नगरपालिकाका मेयर गगनसिं सुनार र उपमेयर शान्ति छन्तेल समेत सहभागी थिए ।

अनुगमनका क्रममा जिल्ला संयोजक बोहराले परियोजना लागु भएका विद्यालयमा अपेक्षा भन्दा धेरै प्रगति देखिएको बताइन् । ‘परियोजना सञ्चालन गर्ने कार्यक्रममा आवद्ध विद्यार्थीहरुको प्रगति अपेक्षाभन्दा धेरै देखेँ, यसले खुशी तुल्याएको छ ।’ गमखोलामा रहेको विद्यालयको अनुगमनका क्रममा उनले भनिन् ।

विद्यालयका प्रधानाध्यापक युवराज खत्रीले ग्लोबल एक्सनले सञ्चालन गरेको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले विद्यार्थीको क्षमता अभिवृद्धिमा सहयोग पु¥याएको बताए । यो कार्यक्रमले पहिलेको तुलनामा सोचेको भन्दा क्षमता अभिवृद्धिमा बल पुगेको खत्रीले बताए ।

लेकवेशी नगरपालिकाका उपप्रमुख शान्ति छन्तेलले पनि नगरभित्रका ग्लोबल एक्सनद्वारा सञ्चालित कार्यक्रम प्रभावकारी रहेको बताइन् । उनले सबै विद्यालयहरुले गुनासो पेटिकाको व्यवस्था गरी विद्यार्थीहरुको गुनासो सुन्नुपर्नेमा जोड दिइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर रानाले बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी देखिएको बताए । उनले आफू एउटा विद्यालयको अध्यक्षका रुपमा मात्र नभई समग्र नगरभित्रका विद्यालयको सुधार कसरी गर्ने भन्ने विषयमा लाग्न खोजेको बताए ।

उक्त विद्यालयमा परियोजनाद्वारा सञ्चालित समूहमा ११ जना छात्रा आबद्ध छन् । यस्तै अंग्रेजी भाषा र प्रविधिसम्बन्धी ज्ञानमा सहयोग पु¥याउने परियोजना अन्तर्गत विद्यालयहरुमा छुट्ट्रै क्लव गठन गरी सहयोग गर्दै आएको छ ।