☰ open Loading... 20 April 2024|  

नौमुले घटनामा मुद्दामाथि मुद्दा
  | २० माघ २०७६, सोमबार ०९:५१

दैलेख, माघ १९ – माघ, १३ गते साँझ नौमुले बजारमा दुई समुहविच कुटपित भयो । कारण थियो, त्यही दिउँसो जनजाति महासंघको बैठक सकेर घर फर्कने क्रममा नौमूले गाउँपालिका–५ का कृष्ण सलामीमाथि स्थानीय यूवाहरुले अभद्र व्यवहार गरिएको भन्दै कुटपिट भयो । साँझ कृष्णले आफुमाथि अभद्र ब्यबहार गरेको भन्दै गाउँलेहरु लिएर कुटपिटमा उत्रिए । गम्भिर घाईते भए नौमुले गाउँपालिकाका डाईभर कुलविर खत्री । त्यतिले मात्रै झगडा साम्मे भएन् । कृष्ण सलामीले गाउँले जम्मा पारेर गाउँपालिका अध्यक्षमाथि आक्रमणको योजना बनाए । लगत्तै नौमुले ईलाका प्रहरी कार्यालयबाट असईको कमान्डमा पुगेको प्रहरी टोलीले अध्यक्ष भद्रे बुढामगरलाई बचाउन सटर बन्द गरेर अवेर रातसम्म सुरक्षा दिए । ठुलो समुह नौमुलेमा नाराबाजी गर्दै अध्यक्षमाथि आक्रमण प्रयास भएपछि सदरमुकाममा शसत्र र नेपाल प्रहरीको थप प्रहरी टोली नौमुले पुग्यो । घाईते डाईभर कुलविर खत्री र अध्यक्षलाई सुरक्षा दिएर प्रहरीले सदरमुकाम ल्यायो । घटना त्यतिकैमा सेलाएन् । अहिले त्यहि रातको कुटपिटको घटनाले विभिन्न रुप लिदै जिल्ला प्रहरी कार्यालयमा ३ वटा मुद्दा प¥यो । ती मुद्दा जिल्ला प्रहरीमा १५ र १६ गते दर्ता भयो । १५ गते दर्ता भएका मुद्दामा घाईतेका बुवाले ज्यान मार्ने उद्योगमा ४ जना विरुद्ध दर्ता भयो अर्को अभद्र ब्यवहार गरेको भन्दै कृष्णका दाई गणेश सलामीले ५ जना विरुद्ध मुद्दा दर्ता गरे । भोली पल्ट १६ गते नौमुले गाउँपालिकाकै १५ वर्षकी यूवती (नाम गोप्य छ ) ,ले १३ गते साँझ आफुलाई जवरजस्ती करणी गरेको भन्दै स्थानीय कपिल सिंह विरुद्ध मुद्दा दर्ता गरिन् ।
कुटपिटका मुख्य आरोपित कृष्ण सलामीलाई १३ गते दिउँसो अभद्र ब्यवहार गरेको भन्दै दाई गणेश सलामीले दिएको मुद्दामा जिल्ला प्रशासन कार्यालयले अभद्र ब्यवहारको मुख्य योजनाकार भन्दै नौमुले गाउँपालिका अध्यक्ष भद्रे बुढा सहित नौमुले गाउँपलिका ६ का कपिल सिंह, २ वडा बस्ने गणेश थापा र ३ वडा बस्ने कुलविर खत्री, ३ वडा बस्ने छविराम राम्जालीलाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको छ ।
त्यस्तै गाउँपालिकाका डाईंभर कुलविरका बुवा बलबहादुर खत्रीले जिल्ला प्रहरी कार्यालयमा १५ गते ज्यान मार्ने उद्योगमा चारजना विरुद्ध मुद्दा दर्ता गरे । ज्यान मार्ने उद्योगमा नौमुले गाउँपािलका ५ बस्ने ३६ वर्षका कृष्णबहादुर सलामी, २ बस्ने २८ वर्षका असोक थापा,, ५ बस्ने ३२ वर्षका बलबहादुर तारामी र ५ बस्ने २७ वर्षका रविन्द्र राम्जालीमगरको नाम दर्ता भएको छ । अहिले ज्यान मार्ने उद्योगमा मुर्छिएका चारै जना प्रहरी हिरासतमा रहेका छन् । त्यस्तै १३ गते राती नै आफुमाथि जवरजस्र्ती करणी भएको भन्दै १५ वर्षकी युवतीले स्थानीय कपिल सिहंमाथि मुद्दा दर्ता गरिन् । घाईते डाईभर उपचारका लागि जिल्ला अस्पतालबाट नेपालगंज रिफर गरि उपचार भईरहेको छ । घाईते डाईभर कुलविरविरुद्ध पनि अभद्रको मुद्धामा जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । कुटपिटको घटना जोडिएसंगै अनेकथरिका मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएपछि जिल्लाको राजनिति नै दुई खेमामा विभाजन भएको छ । प्रहरीमा आएको मुद्दाहरु दर्ता गरि अनुन्धान प्रकृया अघि बढाईएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले बताए । नौमुले गाउँपालिका अध्यक्ष भद्रे बुढामगरले दिउँसो भएको घटना आफुलाई थाहा नै नभएको र आधार, प्रमाणविनै मेरो नाम जोडेर बदनाम गर्न खोजेको बताए । त्यस्तै कृष्ण सलामीले आफुलाई नियोजित रुपमा दिउँसोको कार्यक्रममा दुब्यवहार भएको प्रतिक्रिया दिएका छन् ।