☰ open Loading... 19 April 2024|  

यातायात सेवामा अव्बल बन्दै सुर्खेत देउती
  | २६ माघ २०७६, आईतवार १०:१९

सुर्खेत । सुर्खेत देउती यातायात प्रालि सञ्चालनमा आएको छोटो समयमै आफुलाई अव्बल सावित गर्न सफल भएको छ । यातायात प्रालि सञ्चालनमा आएको एक वर्षभित्रै आफ्नो सेवा प्रवाहलाई विस्तार र प्रभावकारी बनाउँदै सुर्खेत देउती आफुलाई अव्बल सावित गर्न सफल भएको हो ।

यातायात व्यवस्था कार्यालय सुर्खेतका अनुसार कर्णालीमा २१ वटा यातायात प्रालि दर्ता भएका छन् । तर अन्य प्रा.लि भन्दा निकै छोटो समयमा सुर्खेत देउती यातायात प्रालिले आफ्नो सेवा विस्तारमा जोड दिएको छ ।

पाँच वटा जिपबाट ०७५ असारमा सेवा सञ्चालनमा गरेको यस यातायात प्रालिले हाल ५० वटा गाडी सञ्चालन गर्दै कर्णाली तथा सुदुरश्चिममा आफ्नो सेवा विस्तार गरेको छ ।

कर्णाली प्रदेशको सडक र सवारीको अवस्थालाई मध्यनजर गरी यातायात सेवालाई प्रभावकारी बनाउन सुर्खेत देउती यातायात प्रालि लागि परेको हो । हाल कर्णालीका जुम्ला, कालिकोट, मुगु, दैलेख, सुर्खेत, अछाम, मंगलसैन, काठ्माडौ लगाएत जिल्लामा आफ्नो सेवालाई विस्तार गरेको प्रा.लिका बरिष्ठ ईन्चार्ज दोर्जे बिष्ट (निर्मल)ले बताए ।

यात्रुको अपेक्षा अनुसार यातायात सेवा विस्तारमा जोड दिदै कर्णालीमा पारदर्शि प्रालिका रुपमासमेत स्थापित हुन खाजेको प्रालिका अध्यक्ष टेकबहादुर गुरुङले बताए ।

वीरेन्द्रनगरमा सम्पन्न भएको प्रालिको प्रथम साधारण सभामा बोल्दै उनले भने, ‘हामी नाफा भन्दा सेवा मुखी हुन खोजिरहेका छौ, फलस्वरुप त्यसैकारण अहिले कर्णालीमै छोटो समयमा हाम्रो प्रालि अरुभन्दा अव्वल छ ।’ प्रालिले एक वर्षको अवधिमा सँयौ यूवालाई रोजगारी दिन सफल भएको उनको भनाइ छ ।

प्रथम साधारण सभाको अवसरमा प्रालिले आफ्नो आय, व्यय विवरण समेत सार्वजनिक गरेको छ । जसमा विगत एक वर्षको अवधिमा प्रालिले एक करोड २७ लाख ६३ हजार १७ रुपैयाँ कारोवार गरेको छ । साधारण सभाकै अवसरमा प्रालिले उत्कृष्ट चालक, सहचालक, कर्मचारी र व्यवसायीलाई सम्मान गरेको भिम गुरुङले बताए ।

सभामा बोल्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका ईन्सपेक्टर उदयसिंह सिजापतिले प्रालिसँगको सहकार्यमा एक आपस छलफल गरी यातायात क्षेत्रमा भएका विकृति र कमजोरी हटाउँदै ट्राफिक सचेतना फैलाउन जरुरी रहेको बताए ।

यातायात व्यवस्था कार्यालय सुर्खेतका निमित्त प्रमुख आनन्द चपाईले सुर्खेत देउती यातायात प्रालि जस्तै अन्य यातायात प्रालिले पनि आफ्नो सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए ।

‘यातायात क्षेत्रमा कुनैपनि प्रालिले गलत गरेमा हामी नियमन गछौँ, सबैले नियम कानुनको पालना गर्नुपर्छ’ उनले भने, ‘सबै यातायात प्रालिले नाफामुखी मात्रै भन्दा सेवामुखी हुन जरुरीछ, यातायात सेवाको सुधाार र विस्तार भएमात्रै अन्य क्षेत्रको विकास संभव छ ।’