☰ open Loading... 25 April 2024|  

सल्यानमा व्यवसायिक रुपमै जमराको जुस उत्पादन
  | २८ माघ २०७६, मंगलवार ११:३६

सल्यान : पहिलो पटक सल्यानमा व्यवसायिक रुपमा जमराको जुस उत्पादन थालिएको छ। जिल्लाका शारदा नगरपालिका १ श्रीनगरमा व्यवसायिक जमराको जुस उत्पादन सुरू गरिएको हो। शरिरलाई स्वस्थ र विभिन्न रोगहरुको निवारण गर्न प्रभावकारी बन्दै गएको भन्दै जमराको जुस उत्पादन सुरू गरिएको निर्मला अधिकारीले बताइन्‌। ‘अर्गानिक जडिबुटी जमरा जुस’ नाम दिएर गहुँ र जौको जुस उत्पादन गरिरहेको उनले जानकारी दिइन्‌।

मानिसले दैनिक बिहान खाली पेटमा ३० एमएल जमराको जुस नियमित ३ महिनासम्म सेवन गरेमा सबै प्रकारका रोगहरुको अन्त्य हुने अधिकारीको भनाई छ। जमराको जुसलाई हरियो रगत पनि भनिन्छ। किनकी यसले शरिमा रगत बढाउँछ, जसले गर्दा रक्तअल्पता भएका विरामीहरुलाई निकै फलदायी मानिन्छ। हरियो जमराको जुसमा प्रशस्त ‘क्लोरोफिल’ हुने हुँदा यसमा ‘एन्टिअक्सिडेन्ट’ गुण हुन्छ। जसले कोषहरूलाई छिटो बुढो हुन रोकेर शरीरलाई जवान राख्‍न सघाउँछ।