☰ open Loading... 24 February 2020|   सोमवार, फाल्गुन १२, २०७६

कोरोनाले एकै दिनमा १०३ जनाको मृत्यु, मर्नेको संख्या एक हजार १३

हुबेइमा २५ हजार संक्रमित अस्पतालमा भर्ना, १ हजार २ सय ९८ को अवस्था गम्भीर

  |

बेइजिङ । चीनको हुवेई प्रान्तका एकजना स्वास्थ्य अधिकारीले कोरोनाका कारण सोमबार हुबेइमा मात्र १०३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले हुबेइमा अहिलेसम्म ९७४ जनाको मृत्यु भएको समेत जानकारी दिएका छन् ।

कोरोनाका कारण मेनल्यान्ड चाइनामा एक हजार ११ ले ज्यान गुमाएका छन् भने विश्वव्यापिरुपमा एक हजार १३ जनाको मृत्यु भएको छ । जसमा एकजनाको हङकङमा र एकजनाको फिलिपिन्समा मृत्यु भएको हो ।

त्यसैगरी सोमबार हुबेइमा दुई हजार ९७ जना संक्रमित भएका छन् । हुबेइमा २५ हजार संक्रमित अस्पतालमा भर्ना गरिएका छन् । जसमा १ हजार २ सय ९८ को अवस्था गम्भीर भएको बताइएको छ ।  विश्वभर ४२ हजारभन्दा बढी संक्रमित भएको जनाइएको छ । जापानको डाइमन्ड प्रिन्सेस क्रुजमा सवार १३६ जनामा कोरोनाको संक्रमण भएको पुष्टि गरिएको छ । – सीएनएनबाट

प्रकाशित मितिः मङ्लबार, माघ २८, २०७६     11:40:30 AM
error: Content is protected !!