☰ open Loading... 13 August 2020|   बिहिबार, साउन २९, २०७७

परियोजनाको अनुगमनः छात्रालाई नि:शुल्क प्याड अनिवार्य गर्न सुझाव

  |

सुर्खेत । ग्लोबल एक्सन नेपालद्वारा सञ्चालित परियोजना ‘बहिनी शिक्षाका लागि दिदी’ परियोजनाको अनुगमन गरिएको छ । बिहिवार भेरीगंगा नगरपालिका–१३ मा रहेको लालीगुराँस माध्यमिक विद्यालयमा पुगेर त्यहाँ सञ्चालित परियोजनाको प्रभावकारिताबारे अनुगमन गरिएको हो ।


अनुगमनका क्रममा विद्यालयको अवस्था, परियोजनाको प्रभावकारिता, सहयोग जस्ता विषयमा अन्र्तक्रियात्मक छलफल समेत गरिएको छ । छलफलका क्रममा अनुगमन टोलीले विभिन्न विषयमा सुधारका लागि विद्यालयलाई सुझाव समेत दिएको छ ।

विद्यालयमा छात्रालाई निशुल्क सेनेटरी प्याडको व्यवस्था गर्न, छात्रामैत्री शौचालय प्रयोग तथा सरसफाईमा ध्यान दिन, महिनावारीका बेला कतिपय छात्रालाई धेरै दुखाई हुने भएकाले त्यस्ता छात्रालाई दुखाई कम गर्ने औषधीको व्यवस्था गर्न, विद्यार्थीको स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिँदै स्वास्थ्य संस्थाहरुसँग समन्वय गर्न विद्यालयलाई सुझाव दिइएको छ ।

अनुगनमका क्रममा ग्लोबल एक्नसन नेपालले समन्वय गरिरहेको विद्यालयको बाल क्लवले गरेको कार्य तथा प्रगति, बहिनी शिक्षाका लागि दिदी कार्यक्रमको प्रभावकारिता लगायतका विषयमा पनि अनगुमन गरिएको छ ।

अनुगमनका क्रममा गरिएको अन्तक्र्रियामा लालीगुराँस विद्यालयका प्रधानाध्यापक प्रेम थापाले बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले सेचतनामूलक कार्यमा जोड दिएकाले विद्यार्थीमा भएका पढाई तथा व्यक्तित्व विकाससम्बन्धी समस्या समाधान गर्न सहज भएको बताए ।

उनले यस्ता विषयमा अझ पनि सहयोग गर्न ग्लोबल एक्नस नेपालसँग आग्रह समेत गरे । यस्तै प्रधानाध्यापक थापाले भर्चुअल कक्षा (क्यामरा र प्रोजेक्टरका माध्यमबाट धेरै कक्षामा पढाउन मिल्ने प्रविधि) को लागि सहयोग गरिदिन भेरीगंगा नगरपालिकालाई निवेदन गरेका छन् ।

यस्तै यसैमा थप आवश्यक प्रविधिको लागि सहयोगको माग गर्दै बहिनी शिक्षाका लागि दिदी परियोजनालाई पनि थापाले निवेदन पेश गरेका छन् ।

अनुगमन टोलीमा बहिनी शिक्षाका लागि दिदी परियोजनाका जिल्ला संयोजक खगेश्वरी बोहरा, परियोजनाका अनुगमन तथा मूल्यांङ्कन अधिकृत शिवानी ढकाल, भिएसओ (भोलेन्टियर सर्भिस ओभरसिज) का निकोला ह्वाईब्रा, भेरीगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तथा उपसचिव धिरेन्द्र प्रसाद शर्मा, महिला तथा बालवालिका शाखाका सपना गौतम, स्थानीय तहका जनप्रतिनिधि लगायत सहभागी थिए ।

परियोजनाका जिल्ला संयोजक बोहराका अनुसार ग्लोबल एक्सन नेपालले भेरीगंगास्थित छिञ्चुमा रहेको शारदा मावि र रामघाटमा रहेको लालीगुराँस माविमा परियोजना सञ्चालन गरिरहेको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १, २०७६     10:29:47 PM
error: Content is protected !!