☰ open Loading... 6 April 2020|   सोमवार, चैत्र २४, २०७६

सुर्खेत प्रहरीकाे दादागिरी अदालतले धराैटीमा छाडेकालाई अपहरण शैलीमा प्रहरीले नेपालगञ्ज पुर्यायाे

  |

सुशील खड्का
सुर्खेत ।
 जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्यकर्ता भएको आरोपमा गत माघ १३ गते पक्राउ परेका किरण प्रसाद बिसीलाई प्रहरीले पुनः नियन्त्रणमा लिई नेपालगञ्जतर्फ लगेको छ ।

जिल्ला अदालतमा राज्यविरुद्ध कसुर गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिसीमाथि फागुन एक गते अभियोगपत्र दर्ता गरेको थियो ।

उक्त अभियोग पत्रमाथि सुनुवाई गर्दै जिल्ला अदालत सुर्खेतले फागुन २ गते बयान लिएको थियो भने फागुन ३ गते शनिबार विदा परेका कारण अदालतमा थप प्रक्रिया अघि बढेको थिएन ।

तर आइतवार जिल्ला न्यायाधीस प्रल्हाद कुमार योगीको एकल इजलाशले विसीलाई २५ हजार धरौटीमा रिहा गरेको थियो । उनलाई चैत ३ गते अदालतमा उपस्थित हुन आदेशसमेत दिएको थियो । जिल्ला अदालतले धरौटीमा छोडन आदेश दिएपनि प्रहरीले भने उनलाई पुनः पक्राउ गरेको छ ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य जाँचको बहानामा प्रदेश अस्पताल लैजाने नाममा नेपालगञ्जतर्फ लगेको छ । ‘हरेक हिरासतमा रहेका व्यक्तिलाई हामीले ल्याउँदा र छोडदा स्वास्थ्य चेकजाँच गर्ने कानूनी व्यवस्था छ रहेकाले चेकजाँच गरेर छाडेकाे दावी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक भरत शाहकाे छ ।

जिल्ला अदालतमा संक्षिप्त प्रतिक्रिया दिँदै बिसीले देशमा विधिको शासन लागु हुनुपर्ने बताएका थिए । ‘नियम मानेर कानून मानेर म २३ दिन हिरासतमा बसेको छु,’ उनले भनेका थिए, ‘सम्मानित अदालतले धरौटीमा रिहा गर्न आदेश दिइसकेको र आगामी चैत ३ गते अदालतमा उपस्थित हुन आदेश दिइसकेको बेला मलाई फेरि नियन्त्रणमा लैजाने प्रयास गरिएको छ । यो विधिको शासनविपरित हो ।’

आफूलाई अहिलेसम्म सम्मानित अदालतले निर्दोष सावित गरेको बताउँदै जिल्ला अदालतले दिएको आदेश अनुसार २५ हजार धरौटी तिरीसकेको बताए । यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ‘एसपी’ दिल्लीराज पन्तलाई बुझ्न खाेज्दा सम्पर्कमा अाउन चाहेनन् । पश्चिमनेपालकर्मीले एसपी पन्तलाइ फाेन गरेपनि उनले फाेन उठाएनन् ।

प्रहरी स्राेतका अनुसार विसीलार्इ सुर्खेतमा राखे सुर्खेतमा अाउन लागेका उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लागायतका नेताहरु सुर्खेत अाउन लागेकाले विप्लव कार्यकर्ताले विराेध नजाउन भन्नलाइ विसीले अदालतबाट पक्राउ गरेर नेपालगञ्ज लगेकाे जनाएकाे छ ।

प्रकाशित मितिः आइतवार, फाल्गुन ४, २०७६     7:12:08 PM
error: Content is protected !!