☰ open Loading... 31 March 2020|   मङ्लबार, चैत्र १८, २०७६

नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र महासचिव पौडेल सुर्खेत आउँदै

  |

सुशील खड्का
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसहितका शिर्ष नेता सुर्खेत आउने भएका छन् । नेकपा कर्णाली प्रदेशस्तरिय प्रशिक्षण दिन अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल र वरिष्ठ नेता माधवकुमार नेपाल मंगलबार सुर्खेत आउन लागेका हुन् ।


एकतापछि कर्णालीमा पहिलो पटक पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन वीरेन्द्रनगरको घण्टाघरमा नेकपा कर्णाली प्रदेश कमिटीले कार्यक्रमको आयोजना गर्न लागेको छ ।

पार्टीका धारणाहरुमा एकरुपता ल्याउने र आगामी रणनीतिका विषयमा प्रशिक्षणले थप टेवा पुग्ने नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

पार्टीको केन्द्रीय बैठकले तीन महिने देशव्यापी अभियान सञ्चालन गर्ने अभियान अन्तरगत वीरेन्द्रनगरमा पनि प्रशिक्षणको आयोजना गरिएको रिजालको भनाई छ ।

‘प्रशिक्षणमा अध्यक्ष, महासचिव र बरिष्ठ नेताले नेकपाले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनुहुनेछ’ रिजालले भने, ‘तीन वटै तहका सरकारले सञ्चालन गरेका योजना तथा कार्यक्रमप्रति गलत प्रचारहरुलाई यो प्रशिक्षणले चिर्नमा थप सहयोग पुग्नेछ ।’

रिजालकाअनुसार पार्टीको केन्द्रीय बैठकले गरेका निर्णय तथा प्रदेश कमिटीका योजनाहरु निर्माण गरेर प्रदेश, पालिका, वडा र गाउँ तहसम्म पार्टी एकतालाई मजवुत बनाइनेछ ।

भाेली तीनवटै शिर्ष नेताहरुले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने र पर्सी कर्णाली प्रदेश कमिटीको बैठकको आयोजना गरिनेछ । प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय कमिटी सदस्य प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, पार्टीबाट निर्वाचित जिल्ला समन्वय समिति तथा नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षहरु सहभागी हुनेछन् ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ५, २०७६     5:29:04 PM
error: Content is protected !!