☰ open Loading... 19 April 2024|  

बाँके बर्दिया तत्कालै कर्णालीमा गाभिदैन : प्रचण्ड
  | ७ फाल्गुन २०७६, बुधबार १३:०५

सुशील खड्का
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन् ।

नेकपा कर्णाली प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन सुर्खेत आएका प्रचण्डले प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा प्रसंगबस बताएको स्पष्ट पारे । उनले प्रदेशको भू–बनोट सधैं एकै रहने ग्यारेन्टी नभएको र जनताको चाहनाअनुसार परिवर्तन हुनसक्ने बताए ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले सुर्खेत विमानस्थल विस्तार गर्ने कार्य शुरु गरिने र कर्णालीको विकासका लागि विशेष प्याकेज आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता जनाए ।

नेकपा कर्णाली प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोन्धन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल समेत सहभागी थिए ।