☰ open Loading... 20 April 2024|  

छिन्चुमा फेरि आन्दोलन, प्रहरीकाे लाठीचार्जबाट एक जना घाइते
  | ८ फाल्गुन २०७६, बिहीबार १२:०९

सुर्खेत ।सुर्खेतको छिन्चु बजारमा फोर्स गाडीको ठक्करबाट एक जनाको मृत्युभएपछि आफन्तहरुले रत्न राजमार्ग बन्द गरेका छन् । उचित क्षतीपूर्तिको माग राख्दै आफन्तले बिहीबार विहानैदेखी रत्नराजमार्ग बन्द गरेर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका कारण छोटो तथा लामो दुरीका सवारी साधन बन्दहुँदा यात्रु अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय अघि घेराउ गर्न गएका आफन्तलाइ प्रहरीले लाठी चार्ज गरेपछि छिन्चु बजारको स्थिति असहज बनेको छ ।

आफन्तले ठक्कर दिने चालकलाइ कारवाही गर्नुपर्ने र पीडित परिवारलाई १६ लाख क्षतीपूर्ति दिनुपर्ने माग राख्दै अहिले छिन्चुमा प्रदर्शन गरिरहेका छन् ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक विनोद चौधरीले राजमार्ग खुलाउन पीडित परिवारसंग वार्तामा बसेको जानकारी दिए । छिन्चु बजारमा मंगलबार राती बा ३ ख ६३५२ नम्बरको फोर्स गाडीले ठक्कर दिदा भेरीगंगा नगरपालिका ४ का राजु बोेहोरा घाइते भएका थिए । घाइते बोहोरालाई उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।