☰ open Loading... 25 April 2024|  

मदन भण्डारी राजमार्गका कारण बावियाचौर अशान्त
  | ८ फाल्गुन २०७६, बिहीबार १२:३०

सुर्खेत । मदन भण्डारी राजमार्गका कारण पश्चिम सुर्खेतमा स्थानीयले आन्दोलन शुरु गरेका छन् । मदन भण्डारी राजमार्ग बावियाचौरहुँदै विद्यापुर जोड्नु पर्ने भन्दै स्थानीयले आन्दोलन शुरु गरेका हुन् ।

तस्वीर साैजन्य कपिल खड्का

बावियाचौरका स्थानीयबासीले खम्बगाडे-बावियाचौर-माझिगाउँहुँदै विद्यापुर जोड्ने सडकबाट राजमार्गकाे डीपीअार गर्नुपर्ने भन्दै आजदेखी आन्दोलन शुरु गरेको स्थानीय जीवन ढुंगानाले जानकारी दिए ।

सालकोटका स्थानीयले खम्बगाडे-सालकोट-बराइचे-चत्तुरे-दुलालथाइहुँदै विद्यापुर राजमार्ग जोड्नु पर्ने अडान लिएका छन् । सालकाेटबाट राजमार्गकाे निर्माण गर्न डीपीअार तयार गरिरहेकाे प्राविधिक टाेलीलाइ बराइचेमा स्थानीयले अवराेध गरेपछि स्थगित गरिएकाे थियाे ।

प्राविधिक टाेलीले फेरि खम्बगाडे बावियाचाैर सडकमा सर्वे गरिरहेका बेला सालकाेटका स्थानीयले सामग्री उठाएपछि विवाद सिर्जना भएकाे हाे । तर बाबियाचौरका स्थानीयले भने साविककै पूरानो सडकबाट राजमार्ग बनाउनु पर्ने भन्दै आन्दोलन गरेका हुन् ।

स्थानीयले पञ्चपुरी नगरपालिकामा स्थानीयले तालावन्दी गरेर बावियाचाैरमा स्थानीयले अान्दाेलन गरिरहेका छन् । अान्दाेलनका कारण बावियाचाैर बजार बन्द छ भने सवारी अावागमन ठप्प छ ।