☰ open Loading... 19 April 2024|  

भेरीगंगाका प्राविधिक घुस रकमसहित रंगेहात पक्राउ
  | ८ फाल्गुन २०७६, बिहीबार २०:०५

सुशील खड्का
सुर्खेत । घुस रकमसहित एक प्राविधिकलाई अख्तियारको टाेलीले रंगेहात पक्राउ गरेकाे छ । भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चित्रबहादुर केसीलाई दुईलाख घुस रकमसहित रंगेहात पक्राउ गरेकाे हाे ।

केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान अायाेग सुर्खेतको टाेलीले भेरीगंगाकाे मदाने चाैरबाट पक्राउ गरेकाे सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

यसबारे थप जानकारी अाउन बाँकी रहेकाे सापकोटाकाे भनाइ छ। केसीले निर्माण सम्पन्न भईसकेकाे झाेलुङ्गे पुलकाे काम सकेवापत घुसमागेकाे अायाेगले जनाएको  छ ।