☰ open Loading... 6 August 2020|   बिहिबार, साउन २२, २०७७

कर्णाली महोत्सवमा शनिवार प्रिती आले सुर्खेत आउँदै

  |

सुर्खेत । वीरेन्द्रनगरमा जारी कर्णाली महोत्सवमा शनिवार गायिका प्रति आले आउने भएकी छन् ।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा सुर्खेत उद्योग वाणिज्य संघ आयोजनामा सञ्चालित कर्णाली अर्गानिक महोत्सवमा गायिका आलेसहित आधा दर्जन कलाकार सुर्खेत आउन लागको हुन् ।

महोत्सवमा गायक रमेशराज भट्टराई, राजन गुरुङ,  हास्यकलाकार दिनेश काफ्ले, मोडल आयुष्मा क्षेत्री तथा कार्यक्रम सञ्चालिक तथा गायीका मञ्जु  पौडेलले प्रस्तुती राख्ने साँस्कृतिक संयोजक हरी विष्टले जानकारी दिएका छन् ।
महोत्सवमा स्थानीय कालाकारहरुको समेत प्रस्तुती रहने छ । १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा झण्डै पाँचसय बढी स्टल रहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ९, २०७६     10:05:54 PM
error: Content is protected !!