☰ open Loading... 25 April 2024|  

दैलेखको आठवीसमा सय शय्याको ट्रमा सेन्टर
  | ११ फाल्गुन २०७६, आईतवार ११:१३

दैलेख : जिल्लाको आठबिस नगरपालिकामा सय शय्याको ट्रमा सेन्टर सञ्चालनमा ल्याइने भएको छ। दुर्गमका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि आठवीस नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नगरपालिकाको राकम कर्णालीमा सय शय्याको ट्रमा सेन्टर सञ्चालन गरिने भएको हो।

एक साताभित्र विशेष सेवा प्रवाह गर्ने तयारी अनुसार सहमति भएको आठबिस नगरपालिकाका प्रमुख खड्कराज उपाध्यायले बताए। अहिले संचालनमा आएको स्वास्थ्य चौकीमा आवश्यक उपकरण थप गर्ने जिम्मा नगरपालिकाले लिने सहमति भएको छ। साथै डाक्टरको सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदान गर्ने गरी सम्झौता भएको नगरपालिका प्रमुख उपाध्यायले जानकारी दिएका छन्।

नगर प्रमुख उपाध्याले सय शय्याको ट्रमा सेन्टर सञ्चालनका लागि शनिबार दुई पक्षबीच सहमति पत्रमा हस्ताक्षर भइसकेको बताए। उनले स्थानीय स्तरमा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नका लागि कर्णाली विज्ञान प्रतिष्ठानले गरेको सहयोग महत्वपूर्ण रहेको पनि बताए।