☰ open Loading... 20 April 2024|  

पत्रकार डेकेन्द्रराज थापाको हत्यामा सग्लन पक्राउ
  | २१ फाल्गुन २०७६, बुधबार ०९:११


दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा मुख्य आरोपित एकजनालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यलय दैलेखका प्रमुख डिएसपी हरिवहादुर ओलीका अनुसार पत्रकार थापाको हत्यामा मुख्य आरोपित दुल्लु नगरपालिका–६ छिउडीपुसाकोट घर भएकाका बमवहादुर खड्कालाई मंगलवार जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधिस दण्डपाणी लामिछानेको ईजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

जिल्ला अदालत देलेखकाका सुचना अधिकारी विनोद आचार्यले प्रहरीले तत्कालीन खड्कालाइ जिल्ला अदालतमा उपस्थिती गराएपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्धा जगाई मंगलवार नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

हत्या आरोपित खड्कालाई कैलाली जिल्लावाट पक्राउ गरि अड्डासार गर्दै दैलेख ल्याईएको हो । पत्रकार थापाको २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले हत्या गरेका थिए ।