☰ open Loading... 19 April 2024|  

जुनीचाँदेका अध्यक्ष र वडाध्यक्षविरुद्ध २५ लाख विगो दावीसहित मुद्दा दायर
  | २२ फाल्गुन २०७६, बिहीबार १८:१४

सुशील खड्का
सुर्खेत । जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष र वडाध्यक्ष विरुद्ध विगो दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालले विशेष अदालत काठमाडाैंमा मुद्दा दर्ता गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिका अअध्यक्ष कृष्णबहादुर केसी र ५ नम्बर वडाध्यक्ष राजबहादुर शाही र गाउँपालिका उपप्रमुख शिवा आचार्यका पती चन्द्रबहादुर बस्नेतविरुद्ध अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।

याे पनि पढ्नुहाेस : अाठ लाख घुससहित जुनीचाँदे गाउँपालिकामा अध्यक्ष प्रकाउ

केसी र शाहीबाट २५ लाख ५० हजार रकम विगो मागदावी अख्तियारले गरेको अाराेप पत्रमा उल्लेख छ । साथै केसीलाइ थप अाठ लाख गरी ३३ लाख पचास हजार विगाे मागदावी गरिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालका प्रवक्ता प्रदीपकुमार काेइरालाले बताएका छन् ।

तर गाउँपालिकाका उपाध्यक्ष अाचार्यका पती बस्नेतबाट भने अाठ लाख विगाेदावी गरिएकाे काेइरालाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।  केसी र शाहीको मिलेमतामा कमिसन दिनुपर्यो भनी धाकधम्की समेत दिएको अख्तिायरले जनाएको छ । उनीहरुले पटक–पटक नगद र बैंक खातामा रकम दाखिला गर्न लगाई घुस दिन बाध्य पारेको अख्तिायारले दायर गरेको आरोप पत्रमा उल्लेख गरेको छ ।

सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत रकमको लागि बार्गेनिङ गरी पटक–पटक नगदै लिएको, बैंक खातामा जम्मा तथा बिभिन्न होटलमा तिर्न लगाएको र गाडी रिजर्भको भाडा तिर्न लगाई २५ लाख ५० हजार घुस लिएको स–प्रमाण पुष्टि हुन आएको छ’ अख्तियाररले दर्ता गरेको आरोपपत्रमा भनिएको छ ।

निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भए गरेकोले निजहरुलाई बिगो कायम गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

अध्यक्षसहित गाउँपालिका उपप्रमुख शिवा आचार्यका पती चन्द्रबहादुर बस्नेतलाइ माघ १० गते अख्तियारकाे टाेलीले वीरेन्द्रनगरबाट अाठ लाख घुस रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेकाे थियाे । अनुसन्धानका क्रममा गाउँपालिकाका ५ नम्बर वडाध्यक्ष समेत तानिएका थिए ।