☰ open Loading... 29 September 2020|   मङ्लबार, अशोज १३, २०७७

नौमुले गाउँपालिकाको सम्पतीमा हाकीमकोे रजाई

  |

दैलेख । नौमुले गाउँपालिकामा रहेको मोटरसाईकल प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद कोईरालाले आफ्ना परिवारका सदस्यलाइ दिएर सरकारी सम्पतीको दुरुपयाेग गरेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत कोईरालाले गाउँपालिकास्थित वडा नम्वर ५ को वडा कार्यालयको ७१६ नम्वरको मोटरसाईकल आफ्ना भाई रवि कोईरालालाई प्रयोग गर्न दिएका हुन् ।

वडा सचिव अमृता राम्जालीले गाउँपालिकाबाट मोटरसाईकल बुझेकी हुन् । मंसिरदेखी वडा कार्यालयमा प्रयोग भएको बाईक प्रमुख प्रशासकिय अधिकृतले आफ्ना भाईलाई प्रयोग गर्न दिएकाे खुलेको छ ।

प्रमुख प्रशासकिय अधिकृतलाई मोटरसाईकल फिर्ता गर्नका लागि पटक पटकभन्दा समेत सुनुवाई नभएको एक कर्मचारीले बताए । अरु बाईकहरु पनि लैजाने धम्की दिने गरेको कर्मचारीहरु बताउँछन् ।

वडा सचिव खगेन्द्र न्यौपाने हुँदा मोटरसाईक एक दिनका लागि काम परेको भन्दै लगेका बुझिएको छ । वडामा काम भईरहने भएपनि मोटरसाईकन नहुँदा समस्या गर्ने गरेको कर्मचारीहरु बताउँछन् ।

वडामा मोटरसाईकल भएपनि हाकीमले परिवारक सदस्यलाई दिएपछि कर्मचारीहरु बोल्न सकेका छैनन् । ‘बाईकको बारेमा कुरा गरेपछि हाकीमले पेल्ला भन्ने डर ?’ गाउँपालिकाका नाम नछाप्ने शर्तमा एक कर्मचारीले भने, ‘नबोल्ने हो भने सरकारी सम्पतीमा परिवारको रजाई भएको छ ।’

कर्मचारीले बाईक फिर्ता माग्दा नदिने अँझ अरु बाईक लैजाने धम्की दिएको गुनासो गरेका छन् । यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद कोईरालासंग प्रतिक्रिया माग्दा सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन् सकेन् ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २५, २०७६     5:59:31 PM
error: Content is protected !!