☰ open Loading... 31 March 2020|   मङ्लबार, चैत्र १८, २०७६

प्रहरी गणमा बाहिर निस्कन बन्देज

  |

कर्णाली डेस्क,चैत्र ७ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी रुपमा फैलिरहेका बेला नेपालमा उच्च सर्तकर्ता अपनाईएको छ । परिक्षादेखी विद्यालयसम्म बन्द छ । सरकारी कार्यालयमा सर्तकर्ता अपनाईएको छ । नाकाहरुमा चेक जाच गरिएको छ । कर्णाली प्रदेश छिर्ने प्रमुख नाका बवई र गुरासे र रार्कममा चेकजाँच भईरहेको छ । तालिममा रहेका १ सय ९० जना र गणमा कार्यरक्त अन्य प्रहरीहरु बाहिर ननिस्कनका लागि कर्णाली प्रदेश प्रहरी गण सुर्खेतले गणलाई लक गरिएको सई रतन शर्माले बताए ।

क्याप्सन ः कर्णाली प्रदेश प्रहरी गणको गेटमा बनाईएको धारामा हात धुदै प्रहरीहरु ।

बाहिरबाट आउनेहरुका लागि र भित्र कार्यरक्त प्रहरीहरु गणको गेटमा सावुनपानीले हात धुने र माक्स अनिवार्य लगाउनुपर्ने बनाईएको सई शर्माले बताए । गणबाट प्रहरी बाहिर निस्कन बन्देज छ । उनले भने, सुरक्षित साथ सवै भित्रै बसेर काम गर्न सवैलाई भनेका छौं र गेटमा कडा गरेका छौं । बाहिर हिड्नेहरुका लागि सावुन पानीको ब्यवस्था गणले गरेको छ । सुर्खेत अन्य निकायहरुले समयमै सतकर्ता अपनाउनुपर्ने देखीएको छ । त्यस्तै दैलेख जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी कार्यालय बाहिर सावुन पानीले हात धुनुपर्ने नियम बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीले बताए । त्यस्तै नारायण नगरपालिकाले नगरका सवै विद्यार्थीलाई माक्स वितरण गरेको नगरपालिकाका शाखा अधिकृत निरक रावलले बताए।

प्रकाशित मितिः शुक्रबार, चैत्र ७, २०७६     1:07:34 PM
error: Content is protected !!