☰ open Loading... 29 March 2024|  

चर्तित गायिका टीका पुन र खगेन्द्र विश्वकर्माकाे स्वरमा रुमाल बाेहनी बजारमा (भिडियो सहित)
  | १४ चैत्र २०७६, शुक्रबार १०:२०

यामराज बिष्ट दैलेख ,पछिल्लो समयमा नेपाली गित संगीत जगतमा कलाकारहरु फरक फरक धारमा देखिन थालेका छन्।सबैले आफ्नो -आफ्नो कला छुट्टै किसिमले प्रस्तुत गर्ने र गित तथा म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम जारी रहेको छ।

यस्तै भखरै मात्र नेपाली गीत संगित जगतमा एक पछि अर्को गीत बजारमा ल्याउने क्रममा गायक ,सर्जक ,माेडल ,लाेकेन्द्र जिसी कुमारकाे लय शब्द सिर्जनामा माैलिकता बाेकेकाे “रुमाल बाेहनी” लाेकदाेहारी गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ।

काठमाडौं विभिन्न ठाउँमा छायांकन गरिएकाे म्युजिक भिडियो बिहीबार देखी सार्बजनिक भएको हाे।गायक खगेन्द्र विश्वकर्माको प्रस्तुतीमा बजारमा आएकाे “रुमाल माेहनी” लाेकदाेहारी गितमा गायक लाेकेन्द्र जिसि कुमारको लय ,शव्द सिर्जना रहेको छ ,भने उक्त गीतमा स्वर दिनुभएको छ,यश गीतका प्रस्तुतकर्ता गायक खगेन्द्र विश्वकमा र पछिल्लो समयकी निकै ब्यस्त कलाकार टिका पुन रहेकाे छ।

शिव बिकको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनय तर्फ अस्मिता जुरेली ,रमेश थापा,लाेमश शर्मा ,अर्जुन गाैतम र आके परिवारलाई देख्न सकिन्छ भने,उक्त म्युजिक भिडियोलाई सम्पादक पदम सुवेदीको गरेका छन् भने म्युजिक भिडियोलाई गायक खगेन्द्र बिश्वकमाले आफ्नाे अफिसियले युटुब च्यानल बाट बजारमा ल्याएका हुन।

भिडियो हेर्न हेर्नुहोस