☰ open Loading... 19 April 2024|  

वीरेन्द्रनगरको खुलामञ्चमै क्वारेन्टाइन
  | ९ चैत्र २०७६, आईतवार १०:४७

सुशील खड्का
सुर्खेत । वीरेन्द्रनगरको खुलामञ्चमा क्वारेन्टाइन बनाउन नेपाली सेनालाई निर्देशन दिएको सामाजिक विकास मन्त्री दल रावलले बताएका छन् । प्रदेश सरकारले प्रस्ताव गरिएको रेडियो नेपालको जग्गा उपयुक्त नभएपछि खुलामञ्चमै क्वारेन्टाइन बनाउन आजदेखि सेनाले काम शुरु गर्ने मन्त्री रावलले बताएका हुन् ।


विद्युतको सहज पुहँच, खानेपानीको उपलव्धता, नजिकै बस्ती नभएकाले तत्कालका लागि क्वारेन्टाइन खुलामञ्चमा बनाउन लागिएको मन्त्री रावलको भनाई छ ।

‘घेरबार गरिएकाले सुरक्षा दिनपनि सहज हुन्छ’ मन्त्री रावलले भने, ‘खुलामञ्चदेखी दक्षिणमा रहेको विश्वविद्यालयको भवनमा पनि ६ सय बेडको क्वारेन्टाइन व्यवस्थापन गर्न लागिएकाले सेनाले आजदेखी काम अघि बढाउँछ ।’

क्वारेन्टाइमा संक्रमितहरु नै राख्ने हैन् उनीहरुमा कोरोनाको लक्षण छ वा छैन् भनेर निगरानी गर्न बनाउन लागिएको मन्त्री रावलले बताए । ‘मुख्यगरी भारतबाट नेपाल फर्कनेहरुलाई १४ दिन क्वारेन्टाइन राख्ने गरी काम अघि बढाउँदैछौं’ रावलले भने, ‘भारतमा कोरोनाको संक्रमण व्यापक रुपमा फैलिएकाले फर्किनेहरुमा संक्रमण भए वा नभए बारे यकिन गर्नमा सहजता होस् र अरुतिर संक्रमण नफैलिहोस् भनेर क्वारेन्टाइन बनाउन लागेका हौं ।’

सेनाले खुलामञ्चमा चारसय बेडको क्वारेन्टाइन बनाउन नक्साङ्कन गरिसकेको छ । खुलामञ्चको चारैतिर ८/८ मिटरको दुरी छोडेर क्वारेन्टाइन निर्माण गर्न नक्साङ्कन भइसकेकाले आजदेखी युद्धयुस्तरमा काम शुरु गरिने नेपाली सेनाको उत्तरपश्चिम पृतनाले जनाएको छ ।

खुलामञ्चमा बनाउने क्वारेन्टाइनकाे स्थलगत अवस्था बुझ्न सामाजिक विकास मन्त्री दल रावल, अान्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, नेपाली सेना उत्तर पश्चिच पृतना नेवारेका पृतनापति सराेजप्रताप राणा, कानून मन्त्रालयका उप-सचिव विनाेद पाैडेल लगायतकाे टाेली पुगेकाे थियाे