☰ open Loading... 20 April 2024|  

क्वारेन्टाइन निर्माणको काम युद्धस्तरमा शुरु (फोटोकथा)
  | ९ चैत्र २०७६, आईतवार १६:०१

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा नेपाली सेनाले युद्धस्तरमा क्वारेन्टाइन निर्माणको शुरु गरिएको छ । नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेले चारसय बेडसहितको क्वारेन्टइन निर्माणको काम आइतबारदेखी शुरु गरेको हो ।

प्रदेश सरकारले तत्काल वीरेन्द्रनगरस्थित रेडियो नेपालको परिसरमा रहेको खाली जग्गा र मध्यपश्चिम विश्वविद्यालयमा गरी एकहजार जना अट्ने क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको थियो ।

रेडियो नेपालमा प्राविधिक रुपमा उपयुक्त नभएपछि खुलामञ्चमा क्वारेन्टाइन निर्माण गरिएको हो । कम्तीमा एक हप्तामा काम सम्पन्न गर्नेगरी क्वारेन्टाइन निर्माणको काम जारी रहेको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेका सेनानी झपेन्द्रबहादुर विसीले जानकारी दिए । उनकाअनुसार क्वारेन्टाइन निर्माणमा दुईसय बढी नेपाली सेना जुटेका छन् ।