☰ open Loading... 31 March 2020|   मङ्लबार, चैत्र १८, २०७६

कोरोना त्रास : जुम्लामा शुरुभयो ‘लकडाउन’

  |

सुर्खेत । कोरोना भाईरसको त्रास बढ्दै गएपछि रोगथामको पूर्वतयारी स्वरुप जुम्लामा एकसाता जनता कफुयू ‘लकडाउन’ गरिने भएको छ । आईतबार बसेको विपद व्यवस्थापन समितिको बैठकले सोमबार अर्थात चैत १० देखि १६ गतेसम्म जुम्लामा ‘लकडाउन’ गर्ने निर्णय गरेको हो ।

फायल तस्वीर

अत्याआवश्यक काम बाहेक घर बाहिर ननिस्कन तथा कोरोनाको जोमिखबाट बच्न एक साताका लागि ‘लकडाउन’ नीति अपनाईएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् ।

उनका अनुसार जिल्लामा मानिसको भिडँभाड कम गर्न तथा कोरोनाको प्रतिकार्य गर्नका लागि ‘लकडाउन’ नीति अपनाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर मंगल रावलले कोरोना संक्रमरणको जोखिम र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै ‘लकडाउन’ निर्णय स्वागत योग्य भएको बताए ।

उनले भने, ‘प्रतिष्ठानमा बिरामीको उपचारका लागि पूर्व तयारीका सबै काम तयारी भएका छन् । जुम्ला विमानस्थल तथा कालिकोट जुम्लाको सिमाना नाग्ममा हेल्थडेक्स स्थापना गरेका छौ । यो समयमा ‘लकडाउन’ निर्णय उपयुक्त छ ।’

लकडाउन’ अवधिमा गाउँमा कुनै भोजभतेर, सभासम्मेलन तथा ठुलो जमघट गर्न पाईने छैन । अत्यावश्यक काम बाहेक सडक नडुल्न र बजारमा भिँडभाड नगर्न प्रशासनले सुझाब दिएको छ ।

प्रकाशित मितिः आइतवार, चैत्र ९, २०७६     7:08:07 PM
error: Content is protected !!