☰ open Loading... 20 April 2024|  

कर्णालीमा अत्यावश्यक औषधीकाे व्यवस्थापन
  | १० चैत्र २०७६, सोमबार ११:१६

सुशील खड्का
सुर्खेत । कोरोनाको संक्रमण नेपालमै नदेखिएकाले आत्तिनु पर्ने छैन तर उच्च सतर्कता अपनाउन भने जरुरी रहेको अवस्था रहेको कर्णाली प्रदेश अस्पतालका डाक्टर केएन पौडेलले जानकारी दिए ।

यदि कर्णालीमा संक्रमितहरु भेटिएमा उनीहरुलाई आवश्यक पर्ने औषधीहरुको भने व्यवस्थापन गरिसकेको डा. पौडेलको भनाई छ । ‘कोरोना भाइरस (कोभीड–१९) को औषधी पत्ता नलागेकाले कुनै विरामीमा संक्रमण देखिएकाले लक्षणअनुसारको औषधी उपलव्ध छ’ डा. पौडेलले भने, ‘मुख्यगरी, अक्सीजन, रगत, सिटामोल, एन्टीबायोटीक, स्लाइन, इन्फेक्सन भएमा उपचार गर्ने औषधीहरुको अहिलेलाई प्रयाप्त मात्रामा छ ।’

स्वास्थ्य सेवा निर्देशनालयले भने कर्णालीमा आवश्यक पर्ने औषधीहरुको मौज्दात बढाउन केन्द्रबाट पनि औषधी ल्याउने गृहकार्य गरेको जनाएको छ ।