☰ open Loading... 19 April 2024|  

काेराेना त्रास : सुनसान वीरेन्द्रनगर, अटेर गरेर सवारी चलाउने प्रहरी नियन्त्रणमा
  | ११ चैत्र २०७६, मंगलवार १०:२८

सुशील खड्का
सुर्खेत ।
नेपालमा पनि कोरोना भाइरस (कोभीड–१९) को संक्रमण देखिएपछि सरकारले आजदेखी लकडाउन गरेको छ । कोरोनाको थप संक्रमण फैलिन नदिन र उच्च सर्तकता अपनाउन सरकारले आजदेखी चैत्र १८ गतेसम्मका लागि नेपाल लकडाउन गरेको हो ।


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पनि सुनासान छ । सडकमा छिटपुटको पैदलयात्रीहरु हिडिरहेका छन् । केही सवारी चलेका सञ्चालनमा आएपनि जिल्ला प्रशासन कार्यालय सुर्खेतले अटेरी मोटरसाइकल र अन्य सवारीहरु नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले अत्यावश्यक सवारीहरु बाहेक अन्य सबै सवारी बन्द गर्न प्रहरीलाई निर्देशन दिएको जानकारी दिए ।

‘यो बेला नागरिकहरुलाई घर बाहिर ननिस्कन अनुरोध गर्दछु’ न्यौपानेले भने, ‘अटेरी गर्नेलाई तत्काल नियन्त्रणमा लिन प्रहरीलाई भनिसकेका छौं ।’

प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोलीले वीरेन्द्रनगरको पछिल्लो अवस्था बारे अनुगमन गरेको छ । केही नागरिकहरु अझै सडकमा हिडिरहेकाले उनीहरुलाई पहिलो चरणमा सम्झाउने र दोस्रो चरणमा प्रहरी लगाएर सडकमा हिड्न प्रतिवन्ध लगाउने न्यौपानेले बताए ।