☰ open Loading... 31 March 2020|   मङ्लबार, चैत्र १८, २०७६

लकडाउनकाे अवज्ञा गर्ने तीन सय सवारी र तीन जना नियन्त्रण

  |

सुशील खड्का
सुर्खेत । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिँन र उच्च सकर्तकता अपनाउन गरिएको लकडाउन अवेज्ञा गर्ने तीनसय बढी सवारी र तीन जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्ला विभिन्न स्थानहरुबाट तीनसय ३५ सवारी र तीन जनालाई नियन्त्रणमा लिएको हो ।

मोटरसाईकल दुईसय ३७, बस १९, ट्रक ३९, जीप, फोर्स गाडी ३१, अटोरिक्सा सात र ट्याक्टर दुई ओटा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए ।

उनकाअनुसार यी सवारीहरु इलका प्रहरी कार्यालय छिन्चु, लेकवेशी, बावियाचौर, प्रहरी पोष्ठ गोठीकाँडा, प्रहरी चौकी सुब्बाकुना र बड्डीचौरले नियन्त्रणमा लिएको हो ।

भोली पनि लकडाउनको अवज्ञा गरेर सवारी सञ्चालन गरे सवारी ऐन अन्तरगत सवारीसाधन जफत गरेर कारवाहीका लागि पठाउने सूचना अधिकारी रायमाझीले बताए ।

उनले भाेलीदेखि अत्यावश्यक काम बाहेक सडकमा निस्किए प्रहरीले लाठ्ठी हान्ने बताए । काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन र उच्च सतर्कता अपनाउन गरिएकाे लकडाउनका बेला नागरिकहरुलाइ घरबाट बाहिर ननिस्कन उनकाे अाग्रह छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ११, २०७६     6:41:29 PM
error: Content is protected !!