☰ open Loading... 29 March 2024|  

भारतबाट सुर्खेत आएका ५७ जनालार्इ क्वारेन्टाइनमा राखियाे
  | १२ चैत्र २०७६, बुधबार १२:११

सुशील खड्का
सुर्खेत । भारतबाट फर्किएका ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वीरेन्द्रनगर १० दैलेख रोडमा रहेको होटल अशोकका २७ कोठा भाडामा लिएर क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


क्वारेन्टाइनमा राखिएकाहरु नेपालका विभिन्न नाकाहरुबाट आज विहान २ बजे सुर्खेत भित्रिएका थिए । क्वारेन्टाइनमा रहेकामध्य ५३ पुरुष र चार जना महिला छन् ।

वीरेन्द्रनगरको खुलामञ्चमा क्वारेन्टाइन निर्माणाधिन अवस्थामा रहेकाले तत्कालका लागि होटलमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुको सबै खर्च प्रदेश सरकारले ब्यहोर्ने जनाएको छ ।