☰ open Loading... 13 August 2020|   बिहिबार, साउन २९, २०७७

भारतबाट फर्किएका थप ४५ जनालाई पनि क्वारेन्टाइनमा राखियो

  |

सुर्खेत । नेपाल भारत सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकाबाट सुर्खेत आएका थप ४५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । आज दिउँसो वीरेन्द्रनगर आइपुगेका उनीहरुलाई चिकित्सक र स्वास्थ्यकर्मीहरुको निगरानीमा क्वारेन्टाइन राखिएको हो ।

सुर्खेत आएका ४५ जनामध्य ४३ जना पुरुष र दुई जना महिला छन् । होटल अशोकामा २१ र अन्तरनिर्भर समाजको होस्टलमा २४ जनालाई राखिएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

खुलामञ्चमा नेपाली सेनाले निर्माण गरिरहेको क्वारेन्टाइनमा झण्डै एकसय बेड बिहीबार तयार भएपछि सारिने मन्त्री रावलको भनाई छ । क्वारेन्टाइनमा रहने व्यक्तिहरुको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने पनि मन्त्री रावलले जनाए ।

अाज विहान भारतबाट सुर्खेत अाइपुगेका ५७ जनालाइ पनि सरकारले क्वारेन्टाइनमा राखेकाे थियाे । याेसँगै क्वारेन्टाइनमा बस्नकाे संख्या एकसय दुइ पुगेकाे ५ ।

प्रकाशित मितिः बुधबार, चैत्र १२, २०७६     4:57:13 PM
error: Content is protected !!