☰ open Loading... 29 September 2020|   मङ्लबार, अशोज १३, २०७७

कोरोनाबाट बच्न बजारमा क्लोरिन पाउडर छर्कियो

  |

सुर्खेत ।  कोरोनाको त्रासपछि वीरेन्द्रनगर बजारमा चार हजार लिटर क्लोरिन पाउडर छर्किएको छ । सुर्खेत उद्योग वाणिज्य संघले बुधवार बजार क्षेत्र, सार्वजनिक स्थल, मेडिकल क्षेत्र, जिल्ला प्रशासन कार्यालय, अस्पताल, नगरपालिका लगायतका स्थानमा क्लोरिन पाउडर छर्किीएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा वीरेन्द्रनगर नगरपालिकाको दमकल बजार क्षेत्रमा क्लोरिन पाउडर छरिएको उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले जानकारी दिए ।

सुर्खेत साइन्स एण्ड सर्जिकलको सहयोगमा क्याल्सियम हाईकोक्लोराइड र बिलिचिङ पाउडर मिसाएर क्लोरिनवाटर तयार परिएको थियो । पाउडरले कोरोनाका किटाणुहरु बाट बच्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः बुधबार, चैत्र १२, २०७६     5:32:41 PM
error: Content is protected !!