सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा कर्मचारी ट्रेड युनियनले सहयोगको घोषणा गरेको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन सुर्खेतका पदाधिकारीहरुले कोषमा ५१ हजार सहयोग गर्ने घोषणा गरेका हुन् ।
सरकारले स्थापना गरेको कोषमा सहयोग गर्न युनियनका पदाधिकारीहरुको टेलिफोन कन्फ्रेन्सबाट निर्णय गरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन सुर्खेतका सचिव राजेश आचार्यले जानकारी दिए ।
विश्वमा महामारीको रुपमा फैलीरहेको कोरोना भईरस रोकथामको लागि सरकारले स्थापना गरेको कोषमा आज नै रकम जम्मा गरिने सचिव आचार्यको भनाई छ ।
युनियका अध्यक्ष मोहन गिरीले कठिन समयमा नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवामा खटिएका सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।
लगडाउनको समयमा सबै नागरिकहरुलाई घर बाहिर ननिस्कन समेत अध्यक्ष गिरीले आग्रह गरेका छन् । कर्णाली सरकारले विपद् व्यवस्थापनका लागि चैत्र ७ गते ५० करोडको कोष स्थापना गरेको थियो ।